बलात्कार घटना मिलाउनेलाई फौजदारी कारबाही गर्न अध्यादेश

काठमाडौं, बलात्कारका घटनामा मिलाउनेलाई फौजदारी अपराधमा कारबाही गर्न सरकारले अध्यादेश ल्याएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

बलात्कार घटनामा पञ्चायती वा मिलापत्रलाई अपराध किटान गरि अध्यादेश सिफारिस गरिएको एक मन्त्रीले बताएका छन् । यस्तै, बलात्कार तथा बलात्कार प्रयासका घटनामा हुने सजायलाई समेत बढाइएको छ । कानुन मन्त्रालयले अध्यादेश तयार पारेर मन्त्रिपरिषद्‍मा पेस गरेको थियो ।

राष्ट्रपतिबाट आजै उक्त अध्यादेश जारी हुन सक्ने ती मन्त्रीले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयअघि बलात्कारसम्बन्धी कानुन कडा बनाउने बताएका थिए ।