आइतबार सुनको मूल्यमा बृद्धि

काठमाडौं, आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोलामा ३ सय रुपैयाँले बढेर ९४ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९३ हजार ८ सय रुपैयाँ रहेको छ ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार चाँदी तोलाको एक हजार २ सय १० रुपैयाँ रहेको छ ।