कञ्चनपुरमा ट्रयाक्टरको ठक्करबाट १ जनाको मृत्यु

धनगढी, कञ्चनपुरमा ट्रयाक्टरले मोटरसाइकललाई ठक्कर दिदा १ जनाको मृत्यु भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ३ मा से १ त ९५३३ नम्बरको ट्रयाक्टरलेसे १ प ६७६५ को मोटरसाइकललाई ठक्करबाट १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले दुर्घटनामा मोटरसाइकलमा सवार ३५ वर्षीया रामेश्वरी जोशीको घटनास्थलमै मृत्यु भएको जानकारी दिएका छन् । उनका अनुसार मोटरसाइकल चालक मृतक जोशीका श्रीमान ५५ वर्षीय डम्मरदेव जोशी र उनकी १५ वर्षिया छोरी ममता जोशी घाइते भएका हुन ।

उनीहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । ट्रयाक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।