मालपोतका दुई कर्मचारी घुससहित रङ्गेहात पक्राउ

दाङ, तुलसीपुरको तामेली फाँटमा कार्यरत मालपोतका दुई कर्मचारी नासु पुष्पराज गिरी र कार्यालय सहयोगी मीनराज गैरे सेवाग्राहीसँग ३ लाख २० हजार घुससहित रङ्गेहात पक्राउ परेका छन् ।

जग्गा नाप, जाँच गरी पुर्जा बनाइदिने भनी सेवाग्राहीसँग घुस रकम माग गरेको भन्ने उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले घुस रकम लिइरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले गराएको छ ।