मलेसियमा भिसाबिहीन श्रमिकलाई अवसर

काठमाडौँ, मलेसिया सरकारले मलेसियामा काम छोडेर गैरकानुनी रुपमा बसेका श्रमिकले काम गर्न सक्ने निती बनाएको छ । मलेसियामा कम्तिमा ५० हजार नेपाली भिसाबिहीन भएर बसिरहेका छन् ।

इलिगल रुपमा मलेसियामा बसिरहेका श्रमिकको हकमा यो एउटा सुनौलो अवसर रहेको छ ।आउँदो डिसेम्बरसम्म भिसाविहीन हुने श्रमिकले पनि अर्को कम्पनीमा काम गर्न पाउनेछन् । श्रमिकको अभाव भएपछि मलेसिया सरकारले ‘रि–हाइरिङ’ कार्यक्रम ल्याएको हो ।मलेसियास्थित श्रमसहचारी प्रकाश पन्थीले भने । मलेसियाले नोभेम्बर १ देखि रि–हाइरिङ कार्यक्रम लागू गरेको हो ।

यसमा करार अवधि समाप्त भएका श्रमिक मात्रै नभई गैरकानुनी श्रमिकले पनि नयाँ रोजगारदातासँग आबद्ध हुन पाउने बाटो खुलेको छ । रि–हाइरिङका लागि अध्यागमन कार्यालयमा बुझाइने २ हजार रिंगेट ९५८ हजार रुपैयाँ० रोजगारदाताले व्यहोर्ने पन्थीले बताए ।