१२ को परिक्षा विद्यार्थीहरुको भौतिक उपस्थितिमा नै हुने

काठमाडौँ, कोरोना भाइरसका कारण स्थगित कक्षा १२ को परिक्षा अनलाइनबाट नभइ विद्यार्थीहरुको भौतिक उपस्थितिमा नै लिने राष्ट्रिय परिक्षा बोर्डले जानकारी गराएको छ ।

गत बैशाखमा स्थगित भएको कक्षा १२ को परिक्षा यही मंशीर ९ गतेबाट शुरु भएर १६ गतेसम्म्म चल्नेछ । परिक्षामा ७३ वटा विद्यालयमा ५ सय भन्दा बढी प्रशिक्षार्थी सहभागी हुनेछन् । भौतिक दुरी कायम गर्दे सुरक्षाका मापदण्ड अपनाई परिक्षा लिने बोर्डले जनाएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलका अनुसार परीक्षा सञ्चालन हुन लागेका ५० जिल्लाका परीक्षा केन्द्रमा प्रश्नपत्र पनि पठाइसकेको छ भने नजिकका परीक्षा केन्द्रमा भने परीक्षा सञ्चालन हुनुभन्दा आधा घण्टा अगाडि मात्रै प्रश्नपत्र पठाइने व्यवस्था मिलाउन लागिएको छ ।