अर्कैकी पत्नी लिएर फरार वडाध्यक्ष

सल्यान, बन्गाडकुपिण्डे नगरपालिका–९ का वडाध्यक्ष इन्द्र कुमाई दुई पत्नी हुँदाहुँदै अर्कैकी पत्नी लिएर फरार भएका छन् ।

उनी गाउँकै गौरी बोहरालाई भगाएर फरार भएको प्रहरीले जनाएको छ ।दुवैको खोजीका लागि सबै नाकाहरुमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी गोविन्द थापाले बताएका छन् ।

उनका अनुसार यसअघिका पत्नीहरुले प्रहरीमा उजुरी दिएपछि बहुविवाहको मुद्दा अघि बढाउने तयारी गरिएको छ ।५२ वर्षीय वडाध्ययक्ष कुमाईकी पहिलो पत्नीबाट दुई छोरी र दोस्रोबाट दुई छोरा छन् ।