सेयर बजारमा नयाँ रेकर्ड

काठमाडौँ, सेयर बजारमा बिहीबार कारोबार रकमले नयाँ रेर्कड रचेको छ । सेयर बजारको इतिहासको कारोबार रकममा सबैभन्दा धेरै कारोबार हुदै ६ अर्ब ११ करोड ६७ लाख ३० हजार ७१ रुपैयाँको कारोबार भएसँगै इतिहास रचेको हो ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार बिहीबार १९८ वटा कम्पनीको एक करोड ४० लाख ६२ हजार ५ सय ७ कित्ता शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये बिहीबार सबै उपसमूहको शेयर बढेको छ ।

शेयर कारोबार मापक नेप्से परिसूचक ३६ दशमलव ३२ अंकले बढेर एक हजार ७७८ दशमलव १२ मा पुगेको छ । नेप्से २ दशमलव ०८ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक ४ दशमलव ९८ अंकले बढेर ३४३ दशमलव ०७ मा पुगेको छ ।