अश्लिल भिडियो बनाई व्ल्याकमेलिङ गर्ने एकजना पक्राउ

सिरहा,  अश्लिल भिडियो बनाई व्ल्याकमेलिङ गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका ४ बस्ने २० वर्षीय अजय महरा रहेका छन् ।

२२वर्षीया  महिलालाई सोही नगरपालिका–४ बस्ने २३ वर्षीय जितन रामले जबरजस्ती करणी गरेको भिडियो अजयले खिचेको र सो भिडियो देखाई व्ल्याकमेल गर्दै ती महिलालाई पटकपटक जबरजस्ती करणी गर्ने योजना बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कल्याणपुर सिरहाबाट खटिएको प्रहरीले बुधबार साँझ अजयलाई पक्राउ गरेको हो ।

हाल फरार रामको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।