निकिशालाई दुर्व्यवहार गरेको भिडिओ टिकटकमा अपलोड गर्ने पक्राउ

काठमाडौँ, निकिशा श्रेष्ठमाथि भएको दुर्व्यवहारको भिडिओ टिकटकमा अपलोड गर्ने एक जना पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्युरोले भक्तपुर नगरपालिका २ टौमढीका विशेष जोशीलाई बिहीबार बिहान पक्राउ गरेको हो।

ब्यूरोका एक उच्च अधिकृतका अनुसार जोशीले भिडिओ टिकटकमा अपलोड गरेका थिए ।निकिशामाथि भक्तपुरमा दुर्व्यवहार भएको भिडिओ सार्वजनिक भएपछि चर्को विरोध भएको थियो। त्यस लगत्तै प्रहरी प्रधान कार्यालयले घटनाबारे छानबिन गर्न साइबर ब्युरोलाई निर्देशन दिएको थियो । घटनामा संलग्न अन्यको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

भिडिओमा श्रेष्ठलाई लक्षित गरी अपमानजनक शब्द प्रयोग गरी मोटरसाइकलमा रहेको एक समूहले दुर्व्यवहार गरिएको देख्न सकिन्छ । आफूलाई निकेशबाट निकिशा चिनाउन चाहने उनको सामाजिक सञ्जालमा विभिन्न भिडियोहरु भाइरल छन् ।