हत्या गरी फरार भएका एक युवक पक्राउ

धनगढी, डडेल्धुरा प्रहरीले हत्या गरी फरार भएका एक युवकलाई पक्राउ गरेको छ ।

जिल्लाको अमरगढी नगरपालिका–५ बागबजारबाट प्रहरीले परशुराम नगरपालिका–९ जफती कुईयापानीका ३३ वर्षीय नरेश बोहरालाई पक्राउ गरेको हो ।भवितव्य ज्यान मुद्दाका फरार उनलाई बागबजारमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले बताएका छन ।

बोहरालाई पक्राउ गरी जिल्ला अदालतमा पेश गरेकोमा अदालतले उनलाई ४ महिना १२ दिन कैद र ५ सय जरिवानाको सजाय सुनाएको प्रहरीले जनाएको छ ।