१२ तोला सुन चोरीको आरोपमा २ जना पक्राउ

धनगढी, धनगढीमा १२ तोला सुन चोरी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।धनगढी उप–महानगरपालिका वडा नम्बर ५ का एक स्थानीयको घरबाट मंसिर २ गते १२ तोला सुन चोरीमा संलग्न भएको आशंकामा २ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले चोरीमा संलग्न भएको आशंकामा धनगढी उपमहानगरपालिका वडा नम्बर १८ फूलबारीका २५ वर्षीय हर्क गिरीलाई पक्राउ गरेको हो ।

उनीसँगै मोटरसाइकलमा सवार अर्का युवकलाई पनि पक्राउ गरिएको बताउँदै प्रहरी निरीक्षक थापाले संलग्न भए नभएको बारेमा अनुसन्धान भइरहेकाले तत्काल नाम खुलाउन नमिल्ने बताएका छन । प्रारम्भीक अनुसन्धानबाट गिरी भने चोरीमा संलग्न रहेको खुलेको प्रहरी निरीक्षक थापाले बताए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।