नेपालमा थप १ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि

कुल संक्रमितको संख्या २ लाख १२ हजार ९१७

काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको बताए ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १६ लाख २३ हजार ७५४ परीक्षणहरु गरिएका छन् ।२४ घण्टामा जम्मा ६ हजार ७३१ पीसीआर परीक्षण भएका छन् । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म २८ हजार ८७८ छ ।

क्वारेन्टाइनमा रहनेको संख्या ९१० रहेको मन्त्रालयले जनाएको छ ।