नेपालको ओडीआई मान्यता लम्बियो

काठमाडौँ, अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसी नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय अर्थात ओडीआई मान्यता २०२३ सम्म लम्बिएको छ ।

बुधबार नेपाल क्रिकेट संघ क्यानको वार्षिक साधारण सभाको अवसरमा अध्यक्ष चतुरबहादुर चन्दले नेपालको ओडीआई मान्यता एक वर्ष थप भएको जानकारी दिएका छन । कोरोना महामारीका कारण कुनै पनि प्रतियोगिताहरु हुन नसेकेकोले मान्यता लम्बाइएको उनको भनाई छ ।नेपालले सन् २०१८ मा एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाएको थियो ।

जिम्बाबेमा भएको एकदिवसीय विश्वकप छनोटबाट नेपालले उत्कृष्ट ४ एसोसियट राष्ट्रको रुपमा एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाएको थियो । ओडीआई मान्यता पाएपछि नेपालले अहिलेसम्म १० खेल खेलेको छ । जसमा नेपालले ५ जित र ५ हारको नतिजा निकालेको छ ।