मनकारी अध्यक्ष सेजुवाल जाडो बढेसंगै साझाघर नेपाललाई गरे बलांकेट सहयोग
सुर्खेत, पचालझरना गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालले सुर्खेतको बिरेन्द्रनगरमा रहेको साझा घर नेपाललाई बलांकेट सहयोग गरेका लछन । जाडो सिजन सुरु भएसंगै सदिक्षा फेन्सिी स्टोरका तर्फबाट अध्यक्ष सेजुवालले बलांकेट सहयोग गरेका हुन । मंगलबार सदिक्षा फेन्सी स्टोरकी प्रोपाइटर अल्किना बम र खड्गराज सेजुवालको तर्फबाट १० थान बलांकेट सहयोग गरिएको साझाघर नेपालका हिमाल बिकले जानकारी दिए ।
बिकका अनुसार जाडोका कारण लजेष्टीक जन्य समान खरिदमा समास्या परेको बेला सेजुवाल परिबारले बलांकेट सहयोग गर्नले राहतसंगै आहत भएको बताए । यस्ता मनकारी दाताहरूले गर्दा सहज भएको उनको भनाई रहेको छ । अध्यक्ष सेजुवालले आफ्नो फेन्सी पसलको तर्फबाट जाडो सिजन छल्न अनाथालयलाई सानो सहयोग गरेको बताए । उनले समाजिक काममा निरन्तर उतरादायी रहेको भन्दै सक्दो सहयोग गर्ने समेत बताए ।
साथै जिल्ला समन्वय समिति कालिकोटकी सदस्य ऐना शाहीले रु १० हजार नगद सहयोग गरेकी छन । शाहीले आफनो ब्यक्तिगत तर्फबाट सहयोग गरेको बताइन ।
समान हस्तान्त्ररण गर्न आयोजित कार्यक्रममा नेकपा कालिकाेटका अध्यक्ष धनजित शाहीकाे प्रमुख आतिथ्यता रहेकाे थियाे भने कार्यक्रमकाे अध्यक्षता हिमाल बिकले गरेको थिए त्यस्तै कार्यक्रमको संचालन दिपक चौलागाईले गरेका थिए ।
साझा घर नेपाल सुर्खेतको वीरेन्द्रनगर लाटीकोइलीमा रहेर असहाय अशक्त वृद्धवृद्धा देखि बालबालिका, अपांगता भएका, बेसहाराहरुकालागि काम गर्दै आएको संस्था हो ।