भाइटीकाकै दिन चन्द्रागिरीमा एक बालिका बलात्कृत

काठमाडौं,  काठमाडौंको चन्द्रागिरी नगरपालिका बसुण्डोलमा भाइटीकाकै साँझ एक १४ वर्षीया बालिका बलात्कारको शिकार भएकी छिन् ।बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा थानकोट प्रहरीले एक २३ वर्षीय युवकलाई पक्राउ गरेको छ ।

हुम्ला ताजाकोट गाँउपालिका–२ घर भई हाल काठमाडौं चन्द्रागिरी नगरपालिका–२ बस्ने २३ वर्षीय सोर्नविद लोहारलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।

बालिकालाई भेट्न बोलाएर बसुण्डोलस्थित अर्जुन सुवेदीको जग्गामा बनाएको टहरा घरको कोठामा जबरजस्ती करणी गरेको पीडित बालिकाले प्रहरी समक्ष बयान दिएकी छन् । घटना लगत्तै फरार लोहारलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।