डडेल्धुरामा श्रीमानले गरे श्रीमतिको हत्या

धनगढी,  डडेल्धुरामा पतिले पत्नीको हत्यागरेका छन्। जिल्लाको परशुराम नगरपालिका–७, साँदनीका ४५ वर्षीय करन पुनमगरले ४० वर्षीया पत्नी पार्वती पुनमगरको हत्या गरेका हुन्।

सोमबार माइतबाट दाजुभाइलाई टीका लगाएर घर फर्केकी पार्वतीलाई घरायसी सामान्य विवादमा पतिले कुटपिट गरेका थिए।अत्यधिक मदिरा सेवन गरेका करनले कुटपिटका क्रममा घरको भित्तामा टाउको ठोक्किएर पार्वतीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले बताए।

पत्नीको हत्यामा संलग्न पुन मगरलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक नेपालले बताए।उनले भने, ‘शव पोस्टमार्टमका लागि जोगबुडा अस्पताल पुगाइएको र घटनासम्बन्धी अनुसन्धान भइरहेको छ।’