काठमाडौँको कुलेश्वरबाट ७ जुवाडे पक्राउ

काठमाडौँ, काठमाडौँको कुलेश्वरबाट ७ जुवाडे पक्राउ परेका छन् ।महानगरीय प्रहरी बृत्त कालिमाटीका अनुसार जुवा खेलिरहेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले काठमाडौँ-१४ कुलेश्वरबाट ७ लाखभन्दा बढी नगदसहित ७ जनालाई पक्राउ गरेको हो ।

कुलेश्वर घर भई बस्ने बर्ष ४४ को शिब श्रेष्ठले घरमै जुवा खेलाइरहेको पाइएपछि उनीसहित ७ जनालाई पक्राउ गरिएको प्रहरी बृत्त कालिमाटीका प्रहरी नायव उपरीक्षक अपिलराज बोहोराले जानकारी दिए । उनीहरूबाट ७ लाख ९४ हजार ८७० रूपैयाँ, विभिन्न बैंकका ११ थान चेक र एक बुक तास बरामद गरिएको बोहोराले जानकारी दिए ।

पक्राउ पर्नेमा काभ्रे चौरी देउराली गाउँपालिका वडा नं. ६ घर भई कुलेश्वर बस्ने वर्ष ४४ को यादब चौलागाँई ,धादिङ्ग थाक्रे गाउँपालिका वडा नं. ८ घर भई कलंकी बस्ने वर्ष ४१ को राजु पौडेल, चितवन भरतपुर १३ घर भई कुलेश्वर बस्ने वर्ष ३१ को राजिब श्रेष्ठ, वर्ष ४४ को केशब प्रसाद मुडवरी फबारा जितपुर घर भई कलंकी बस्ने वर्ष ४१ को श्याम तामाङ्ग, कैलाली बर्दगोरिया गाउपालिका वडा नं. ३ घर भई कालीमाटी बस्ने वर्ष २८ को प्रेम बडुवाल रहेका छन् ।