बिप्लब नेकपा कालिकोटले दियो बाढिपिडितलाई राहत

कालिकोट,कालिकोट जिल्लाको पचालझरना गााउँपालिकाका बाढि पिडितहरुलाई राहत बितरण गरीएको छ । गत शनिबार बिप्लब निकट नेकपा माओबादी पचालझरना गाउँ कमिटिले उक्त राहत बितरण गरेको हो ।

बाढिका कारण कालिकोटका सयौँ घरपरिबारले निकै सास्ती भोक्नुपरेको थियो । स्थानिय रमित सिंह तिरुवाका अनुसार उक्त समस्यालाई मध्यनजर गर्दै बिप्लब ने क पा पचालझरना गाउँ कमिटिले गाउँपालिकाको वडा नं १ र वडा नं २ का जम्मा बिस घरपरिवारलाई प्रति परिवार ३० किलोका दरले चामल बितरण गरीएको थियो ।

 

सो राहत बितरण कार्यक्रममा जनसांस्कृतिक महासंघ केन्द्रिय सदस्य,कर्णाली ब्युरो संयोजक तथा बदालकोट गाउँ कमिटि ईन्चार्ज बिनित कुमार तिरुवा र जिल्ला सेके्रटरी रणदिप ऐडि लगायतका स्थानिय स्तरका नेता कार्यकर्ताको संलग्नता रहेको थियो । बिगत केहि समय देखि कालिकोट जिल्लामा रहेका बाढिपिडित हरुलाई नेपाल सरकार, विभिन्न संघ संस्था ,स्थानिय सहयोगि दाताहरुले राहत बितरण गर्दै आएका छन ।