नगद र कौडासहित मध्यरातमा गोरखाबाट ३४ जुवाडे पक्राउ

गोरखा । गएराती मध्यरातमा गोरखाबाट ३४ जना जुवाडे पक्राउ परेका छन् । गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ७ को नयाँसाँघुबाट कौडासहित ३४ जुवाडेलाई पक्राउ गरिएको एसपी सुरेन्द्र बहादुर गुरुङले कुसे न्युजलाइ जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय गोरखा र इलाका प्रहरी चौकी जौबारीबाट खटिएको विशेष टोलीले ३४ जना पुरुष जुवाडेसहित उनिहरुको साथबाट १ लाख ७५ हजार रुपैया समेत बरामद गरिएको एसपी गुरुङले बताए ।

उनिहरुलाई हाल जिल्ला प्रहरी कार्यालय गोरखामा हिरासतमा राखिएको बताइएको छ । यसअघि समेत प्रहरीले गोरखा नगरपालिका ४ फिनामबाट ९ जना जुवाडेलाई पक्राउ गरेको थियो । सो समयमा ४६ हजार नगद बरामद गरिएको थियो ।