बुबाले गरे आफ्नै छोराको हत्या

बुटवल, रुपन्देहीको तिलोत्तमामा बाबुले चक्कु प्रहार गरी छोराको हत्या गरेका छन । तिलोत्तमा नगरपालिका–११ गणेशनगरका ४३ वर्षीय शेरबहादुर गुरुङले चक्कु प्रहार गरी उनको १९ वर्षीय छोरा पदमबहादुर गुरुङको शनिबार साँझ हत्या गरेका हुन । 

मादक पदार्थ सेवन गरेका शेरबहादुरले श्रीमतीलाई जथाभावी गालीगलौज पनि गरेका थिए । छोरा पदमबहादुरले आमालाई जथाभावी नबोल्न आग्रह गर्दा शेरबहादुरले छोरालाई चक्कु प्रहार गरेका थिए । बाबुको चक्कु प्रहारबाट पदमबहादुरको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी प्रतितसिंह राठौरले जानकारी गराएका छन । 

घटनामा संलग्न शेरबहादुरलाई शनिबार राति नै इलाका प्रहरी कार्यालय बुटवलको प्रहरी टोलीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको डीएसपी राठौरले बताएका छन ।