औपचारिकता पुरा गर्न क्रेसर उद्योगको अनुगमन गरिएको युवक संघको आरोप

भालुवाङ , अखिल नेपाल युवक संघ जिल्ला समिति दाङले प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको नेतृत्वले औपचारिकता पुरा गर्न क्रेसर उद्योगको अनुगमन गरेको आरोप लगाएको छ .।

शनिवार युवक संघका जिल्ला अध्यक्ष चित्र एमसीले एक विज्ञप्ती जारी गर्दै यस्तो आरोप लगाएका हुन् । नेपाल सरकार गृहमन्त्रालयले हालै देशभरका मापदण्ड विपरित अबैध रुपमा सञ्चालन भइरहेका क्रेसर उद्योगहरुको कडा अनुगमन गरि मापदण्ड विपरित भए नभएको, मापदण्ड पुरा गरेको नगरेको लगायतका विषयमा सत्य तथ्य अनुगमन गरी त्यसको रिपोर्ट मन्त्रालयमा पेश गर्न सम्बन्धित सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन गरे बमोजिम तिहार जस्तो नेपालीहरुको महान् पर्बको समयमा क्रेसर उद्योगहरुका सञ्चालक तथा कर्मचारीहरु कोही नभएको अवस्थामा अनुगमन गर्नु त्यसको औचित्य नभएको जारी विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीमा अगाडी भनिएको छ— दोहन गर्ने ढुवानीका साधनहरु बन्द भएको अवस्थामा दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले शनिवार दिउँसो देउखुरीको गढवा गाउँपालिका वडा नम्बर १, २ र ६ स्थित कालाकाटे, जुरौनी, टहडा, मलमला, जेठानगाउँ, महदेवा बोधीपुर लगायत लमही नगरपालिकाको बलरामपुर क्षेत्रमा रहेका दर्जनौ क्रेसर उद्योगहरुको अनुगमनका लागि भन्दै जिल्ला समन्वय समिति दाङ, जिल्ला प्रहरी कार्यालय दाङ, डिभिजन वन कार्यालय लमही र दाङका कार्यालय प्रमुखहरु र आफ्नो पक्षमा समाचार सम्प्रेषण गर्ने भाडाका मिडियाकर्मीहरु समेतको जम्बो टोलीले राज्य कोषको दुरुपयोग गर्दै कुदिरहेको प्रत्यक्ष देखियो विज्ञप्तीमा भनिएको छ ।

दाङ जिल्लाका राप्ती नदी र सहायक नदीहरुमा बिगत लामो समय देखि राज्य सत्ताको दुरुपयोग गरी मापदण्ड विपरित क्रेसर उद्योगहरु सञ्चालन भइरहेका छन्, भने अनुगमनकारी निकाय, नियमन गर्ने बहानाबाजी गर्दै ती अबैध क्रेसर उद्योगहरुका सञ्चालक सितै मिलेमतो गरी जिल्ला प्रशासन कार्यालय दाङ, जिल्ला समन्वय समिती दाङ र स्थानिय जनप्रतिनिधी बदनामित भएका छ्न जारी विज्ञप्तीमा भनिएको छ ।

अहिले भइरहेको अनुगमन औपचारिकता पुरा गर्न मञ्चन गरिएको नाटक नबनोस भन्दै हालको प्रशासनले पनि सोही रबैया अपनाएमा सम्पूर्ण प्राकृतिक स्रोत साधन संरक्षणकर्मी राष्ट्रभक्त युबाहरु कडा संघर्षमा उत्रने चेतावनी दिएका छन्, एमसीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
यस्तो छ, प्रेस विज्ञप्तीको पूर्णपाठ …….
नेपाल सरकार गृहमन्त्रालयले हालै देशभरका मापदन्ड बिपरित अबैध रुपमा सन्चालन भैरहेका क्रशर उधोगहरुको कडा अनुगमन गरि मापदन्ड बिपरित भय नभएको ,मापदण्ड पुरा गरेको नगरेको लगायत का विषयमा सत्य तथ्य अनुगमन गरि त्यसको रिपोर्ट मन्त्रालयमा पेश गर्न सम्बन्धित सबै जिल्लाका प्रमुख जिल्ला अधिकारिहरुलाइ निर्देशन गरेको छ! सोहि निर्देशन बमोजिम तिहार जस्तो नेपालिहरु को महान पर्ब का समयमा ति क्रशर उधोगहरु का सन्चालकहरु कर्मचारिहरु कोहि नभएको अवस्था सबै दोहन गर्ने ढुवानी का साधनहरु बन्द भयको अवस्थामा दाङ्ग जिल्लाका प्रमुख जिल्ला अधिकारी को नेतृत्वमा आजै दिउसो देउखुरी का गढवा गा पा (१ ,२ र टस्थित कालाकाटे जुरौनी टहडा मलमला जेठानगाउ महदेवा बोधिपुर लगायत लमही न पा का बलरामपुर क्षेत्रमा रहेका दर्जनौ क्रशर उधोगहरु को अनुगमन का लागी भन्दै जिल्ला समन्वय समिती दाङ्ग, जिल्ला प्रहरी कार्यालय दाङ डिभिजन बन कार्यालय लमही र दाङ समेतका कार्यालय प्रमुखहरु र आफ्नो पक्षमा समाचार सम्प्रेषण गर्ने भाडाका मिडिया कर्मिहरु समेतको जम्बो टोलि राज्य कोषको दुरुपयोग गर्दै कुदिरहेको प्रत्येक्ष देखियो र जानकारी प्राप्त भयो!दाङ जिल्ला का राप्ती नदि र सहायक नदिहरुमा बिगत लामो समय देखी राज्य सत्ता को दुरुपयोग गरि मापदन्ड बिपरित क्रशर उधोगहरु सन्चालन भैरहेका छन भने अनुगमनकारी निकाय नियमन गर्ने बहानाबाजी गर्दै ति अबैध क्रशर उधोगहरुका सन्चालक सितै मिलेमतो गरि जिल्ला प्रशासन कार्यालय दाङ्ग, जिल्ला समन्वय समिती दाङ्ग र स्थानिय जनप्रतिनिधी बदनामित भयका छ्न! अहिले भैरहेको अनुगमन औपचारिकता पुरा गर्न मन्चन गरियको नाटक नबनोस ! यदि हालको प्रशासनले पनि सोहि रबैया अपनायमा सम्पुर्ण प्राकृतिक स्रोत साधन संरक्षण कर्मी रास्ट्र भक्त युबाहरु कडा संघर्ष उत्रने चेतावनी सहित अखिल नेपाल युबक संघ जिल्ला समिती दाङ्ग सबै मा जानकारी का लागी अनुरोध गर्दछौ ।