रुपन्देहीमा कोरोनाबाट थप एकको मृत्यु

रुपन्देही, कोरोना भाइरस संक्रमणबाट रूपन्देहीको भैरहवास्थित भीम अस्पतालमा थप एक जनाको ज्यान गएको छ ।

कात्तिक २५ गते कोरोना पुष्टि भएका तिलोत्तमा नगरपालिका–४ का ५७ वर्षीय पुरुषको आइतबार बिहान ७ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. नारायण पोख्रेलले जानकारी दिए । उनका अनुसार बिरामीलाई शनिबार अस्पताल भर्ना गरिएको थियो । उनमा पहिल्यैदेखि उच्च रक्तचाप, प्रोस्टेट र मुटुरोगको समस्या थियो ।