लाइन्स क्लबहरुको संयुक्त आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न

कोहलपुर, बाँकेको कोहलपुरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।शुक्रबार एक रक्तदान कार्यक्रमको आयोजना गरी कोहलपुरमा अवस्थित सम्पुर्ण लाइन्सहरुको संयुक्त आयोजनामा बृर्हत रक्तदान कार्यक्रम गरिएको हो ।

कोभिड-१९ संक्रमणको बिश्वब्यापी महामारीको कारण भएको रगतको अभावलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।

यश क्षेत्रमा क्रियासिल लाइन्स कलब अफ कोहलपुर, लायन्स कलब अफ सयपत्री,लायन्स कलब अप ग्रिन सिटि, लायन्स कलब अफ कस्तुरी र लायन्स कलब अफ मानसरोवरको आयोजनामा गरिएको संयुक्त रक्तदान कार्यक्रममा १११ जना रक्तदाताले रक्तदान गरेका छन् ।

लाइन्स कलब अफ कोहलपुर मानसरोवरका अध्यक्ष प्रकाश शाहको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमको प्रमुख अथिती कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावत रहनु भएको थियो ।

त्यस्तै विशिष्ट अथितिमा बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुन्वाङ, अथितिहरुमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख ओम बहादुर राना लगायतको उपस्थिति रहनु भएको थियो

कार्यक्रमको संचालन चन्डिप्रसाद गैरेले गरेका थिए भने स्वागत मन्तव्य कोहलपुर ग्रिन सिटिका अध्यक्ष रेशमराज पौडेलले गरेका थिए ।

साथै रक्तदान कार्यक्रममा लायन्स लिडहरु चिन्तामणी धिताल, टिपि न्यौपाने, युबराज क्षेत्रि लगायतको समेत उपस्थिति रहेको थियो ।