२० लाखको पटका बरामद

काँकडभिट्टा, सीमावर्ती झापामा नाकाबन्दीका बाबजुद पनि तस्करी भएको करिब २० लाख मूल्य बराबरको प्रतिबन्धित पटका प्रहरीले बरामद गरेको छ ।जिल्ला प्रहरी कार्यालय झापाका अनुसार करिब महिना दिनभित्र झापाका विभिन्न नाकाबाट तस्करी भइ भित्रिएका करिब २० लाख मूल्यको पटका प्रहरी र सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद पटका पानीसहितको खाडलमा पुरेर नष्ट गरिएको छ ।

कोरोना महामारीको संवेदनशील समयमा समेत पटका तस्करी रहेका कारण सुरक्षा निकायले नाकामा तदारुकता बढाएको जनाएको छ । यद्यपि तस्करी रोकिएको छैन ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी कृष्ण कोइरालाले भारतसँग करिब १ सय १८ किलोमिटर क्षेत्र खुला छ । जसकारण साना नाकाहरुबाट समेत गोप्य रुपमा पटका भित्र्याइन्छ । झापासँग सीमा जोडिएको पश्चिम बंगाल र विहारका विभिन्न सहरबाट पटका नेपाल भित्र्याइने गरिएको प्रहरी स्रोतले जनाएको छ ।

राजमार्ग उत्तरको सीमा नाका बाहुनडागीसँगै विर्तामोड, अर्जुनधारा लगायत क्षेत्रबाट पटका वरामद गरिएको छ । त्यस्तै दक्षिण झापाका भद्रपुर, टाघनडुव्वा, कचनकवल आदि नाकाबाट पटका बरामद गरिएको सशस्त्र प्रहरी वल नेपाल २ नम्वर हेडक्वार्टर झापाका प्रवक्ता डिएसपी प्रेम भण्डारीले जानकारी दिए ।

संगठित गिरोहले तिहारका लागि दसैंअघि देखिनै पटकाको तस्करी सुरु गरेको हो । प्रतिबन्धित पटका ९विष्फोटक पदार्थ० को बिक्री वितरण कानुनतस् अवैध मानिन्छ । तर, गिरोहले विभिन्न हत्कण्ठा अपनाएर तस्करी गर्दै आएका छन् ।