माधब नेपालले ओलीलाई भने- बहसबाट भागे समस्याको समाधान हुँदैन

काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधव नेपालले बहसबाट भागे पार्टीको समस्या समाधान हुन नसक्ने बताएका छन् ।शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गरेपछि पत्रकारहरुसँग कुराकानी गर्दै वरिष्ठ नेता नेपालले पार्टीको निर्णयलाई सबैले स्वीकार गरे समस्याको समाधान आफैँ निस्कने बताएका छन ।“बहसबाट भाग्ने, बैठकबाट भाग्ने र कमिटी प्रणालीबाट भाग्ने भएमा समस्याको समाधान हुन सक्दैन,” नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संकेत गर्दै भने ।

पार्टीको सामूहिक नेतृत्वलाई पार्टीको निर्णयलाई स्वीकार गर्ने सबैमा प्रतिवद्धता चाहिने उनको भनाई छ ।पार्टीको अनुशासनमा बाधिने र आ(आफ्नो ठाउँबाट सशक्त र प्रभावकारी भूमिका खेल्ने र कमिकमजोरीहरुलाई सुधारेमा कम्युनिस्ट आन्दोलन र पार्टी एकतालाई बचाउन सकिने नेपालले बताए ।