आगामी ३ दिनको मौसम कस्तो रहनेछ ? हेर्नुहोस

काठमाडौं, हाल प्रदेश नम्बर १ र गण्डकी प्रदेशका उच्च पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार शुक्रबार दिनभर प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रहनुबाहेक अन्य स्थानको मौसम सफा रहनेछ । रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । यस्तै राति पनि मौसममा उस्तै रहनेछ ।

यसैगरी शनिबार दिउँसो प्रदेश १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ भने राति कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । यसैगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना समेत रहेको छ ।

यसैगरी आइतबार कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ भने बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । यस्तै प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का बर्षाको सम्भावना पनि रहेको महाशाखाको भनाइ छ ।