ललितपुरमा भीषण आगलागी

आगलागीको कारण खुल्न सकेन

काठमाडौँ, ललितपुरमा भीषण आगलागी भएको छ ।

शुक्रबार दिउँसो महालक्ष्मी नगरपालिकाको इमाडोलस्थित खण्डा गार्मेन्ट कारखाना नजिकैको फोहोर मैला व्यवस्थापन शाखाको अफिसमा भीषण आगलागी भएको हो ।

आगो नियन्त्रणको लागि ललितपुर महानगरपालिकाको ३ वटा दमकल प्रयोग भइरहेको छ भने स्थानिय र प्रहरी पनि परिचालन भएका छन् । आगलागीको कारण खुल्न सकेको छैन । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।