विप्लव नेकपाद्धारा घिरिङ गाउपालिकाका १३ घरपरिवारलाई खाधान्न सामग्री बितरण

तनहुँ, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी तनहुँले घिरिङ गाउपालका वडा न ५ च्याचुलका १३ घरपरिवार लाई खाधान्न तथा स्वास्थ्य सामग्री बितरण गरेको छ ।प्रतिबन्धको बाबजुद एक औपचारिक कार्यक्रमका बिचमा १३ असहाय तथा विपन्न घरपरिवारलाई खाधान्न तथा स्वास्थ्य सामाग्री बितरण गरेको हो ।

घिरिङ गापाका सेक्रेटरी हिमाल खड्काको अध्यक्षता र पार्टी जिल्ला सेक्रेटरी आन्नदको प्रमुख अतिथ्यतामा भएको उक्त कार्यक्रमा राहत स्वरुप स्वास्थ्य सामाग्री प्रती घर परिवारलाई चामल, दाल, नुन, तेल लगायतको खाद्यान्न सामाग्री बितरण गरेको हो ।

उक्त कार्यक्रममा उपस्थित जिल्ला सेक्रेटरी आन्नदले कोभिड-१९ को त्रास अझैपनी कायमै रहेकोले सबैलाई स्वास्थ्यको ख्याल गर्दै आफ्नो दैनिकीलाई सुरक्षित राख्न र कोरोना भाइरस समुदायमा थप फैलिन नदिन सचेत हुन अनुरोध गरेका थिए ।

साथै उनले राज्य तथा स्थानीय सरकारलाई समस्यामा रहेको टोल समुदाय र परिवारलाई निशुल्क स्वास्थ जाच गर्ने र संक्रमिलाई उपचार र पिडितहरुलाई राहत सहित स्वास्थ्य सामाग्री बितरण गर्न समेत जोड्दार माग गरेका थिए ।