दिदी र भाईको प्रेम अनी तिहार…? (कथा)

दामेनी र दयाराम दिदी भाईको कथा….यसरी शुरु हुन्छ….

दया, दया ए मेरो भाई छिट्टो आईज त…..घास काटन जाउ..
अबुई हाम्रा बा गोठालोबाट आउन लागे छिट्टो आईजन हौ…..?
म आए, आए दामेनी कती कराएको…? यस्लाई त कहिले
बिहे हुन्छ र….अनी ढुक्क हुन्छ खाली काम मात्र लगाउछ ।
अ म बिहे गरेर यो घर छाडछु होला नी तलाई बरू बिहे गरी
दिएर शहर पठाई दिन्छु अनी खान्छस नी…..छिट्टो हिड काम गर्न..।

यसरी मेरो प्यारो भाई संग १७औ वर्ष पार गरेर जब म मेरो
जन्म घर छाडेर मेरो प्यारो दयालाई छाडेर पराईको घर
रंगाउन हिडे….सायद त्यो मेरो जीवनको पहिलो पिडा थियो।

ज़िन्दगीको यात्रामा यात्रा गदै जादा एक दिन मेरो प्यारो भाई
दयाको पनी बिहे भयो यो सुनेर म खुशीले उफ्रीए अनी बेस्कन
रोए पनी मेरो भाईको बिहेमा रतेउली खेल्न नपाउदा र स्वागत
गर्न नपाउदा म साच्ची धेरै रोए……
म धेरै पर थिए जहाँ म चाहेर पनी जान सक्थेन…।

ओई दया तलाई थाहा छ सानोमा तलाई तिहारमा माला
लगाई दिदा ५ रुपैया पैसा दिएर ढोगिस अनी केही बेरमा
त्यो पैसा चोरेर लगेर डाडा भज्याङ बजारमा तासमा हारेर आईस है… म कम्ती रोएको थिए….हाँ हाँ ।

समयको पलहरूले उचाल्दै पछार्दै हामी दिदी भाई आ आफ़्नो
परीवेशमा हाम्रो बाटो अलग भयो…बिचार फरक भयो तर हाम्रो
रगतको साईनो फरक छैन….? हरेक तिहारमा तिम्लाई सयपत्री मालाले तिम्रो गलामा सजाउन सक्दिन तर हरेक पल मेरो अन्तर
हृदय बाट फुलको गुच्छाले स्वागत गरेको हुन्छु मेरो अन्तर हृदय
बाट…..हरेक मेरा प्रथनामा पहिलो स्थान तिम्रो नामले ओगटेको
हुन्छ…..तिमीले त सम्झउछौ या सम्झउदैनौ ….? थाहा छैन….??
तिम्रा अन्तिम शब्द मेरा हृदयको खोपीमा सुगन्धीत धुप झै सजीएको
छ….(आज बाट तिम्रो र मेरो सम्बन्ध फरक भयो….कती प्रिय
शब्द दया तिम्रो यो शब्दलाई म हृदय बाट नै सम्मान र नमन गर्छु……..यी तिम्रा शब्द नै मेरा जीवनका ऊर्जाहरू हुन…

मेरो भाई दया मलाई क्षेमा गरी देउ तिमी सामु म भएनी तिहारमा म
सयपत्री माला लगाईं दिन सक्दिन त्यो त एउटा देखावटी सम्मान मात्र हो तिमी लाई थाहा छ ….. मेरो अन्तस्करण हृदयबाट म यो संसार रहुन्जेल सयपत्री फुलको माला भन्दा अजीब माया गरेको छु….तिम्रो र मेरो सम्बन्ध भावनाको हैन….? रगतको हो..हाम्री महान आमाले प्रसवबेदना बराबरी सहनु भएको थियो…यती मात्र तिमीलाई तिहारको शुभकामना…. एक चोटी हाम्री आमाको बेदनालाई सम्झी देउ यही मलाई काफी हुन्छ…..।

हाल यु.के