पावर र पहुँच वालाको राजनितिमा गरिबको खर्च

म एउटा युवा हु… 
म एउटा बिद्यार्थि पनि हु। म केहि समयदेखि सामाजिक कामको आरम्भ मा छु । यहि सुरुवात सँगसँगै पावर र पहुँच वालाको राजनिती र गरिबको खर्च बारेमा केही अनुभव सुनाउछु । २०७६सालको कुरा हो म मेरा साथिहरु मिलेर हामिले युवा क्लब गठन गर्यौँ र सामाजिक काममा सरिक भइयो । २०७७ सालमा आएर क्लबलाई दर्ता गरि आधिकारिक बनाउन पर्छ भनी दर्ताको लागि विधान लगेर म जिल्ला प्रशासन कार्यालय अछाममा गएँ । मसँगै क्लब दर्ता गर्न भनेर कमलबजार नगरपालिकाबाट एक जना साथि आउनु भएको थियो । मैले विधान सहायक प्रमुख जिल्ला अधिकारीलाई देखाए ।

सहायक जिल्ला अधिकारिले म विधान हेरफेर गर्छु, एक महिना पछि आउनु भन्नुभयो र सहायक जिल्ला अधिकारिले कमलबजार बाट आएको साथिलाई कहाँ बाट आएको भनेर सोध्नु भयो । कमलबजारबाट आएको भन्ने जवाफ दिए । ती साथिले अनि विधान म हेर्छु एक छिन बस्न भन्नुभयो । म त्यहाँदेखि घर आउनु पर्ने भयो गाडी चडेर केही कुरा मनमनै खेलाउदै म बिनायक पुगे । बिनायकबाट करिब ४ घन्टा हिडेर घर पुगे । मंगलसैन जाँदा आँउदासम्म लगेको पैसा खर्च भई सकेको थियो । सहायक प्रमुख जिल्ला अधिकारीले एक महिना पछि आउनु भन्नुभएको थियो ।

एक महिना पछि फेरि जिल्ला प्रशासन कार्यालय अछाममा गए । त्यहि दिन कमलबजार वाला साथिको म जानेबेला उसको दर्ता गरि घर फर्केने बेलामा थिए । सहायक प्रमुख जिल्ला अधिकारिले विधान स्विकृति गर्नुभयो थियो । विधान ल्यायर आए र सहायक प्रमुख जिल्ला अधिकारिले यहि विधान अनुसार फेरि बनायर आउनु भन्नुभयो मैले फेरि फर्केर बिनायकमा विधान टाईपिङ गरेर म २ हप्ता पछि जिप्रका गए । त्यतिबेला मैले सबै कागजात लगेर गएको थिए ।

मैले १ जना कर्मचारीलाई आफनो फाईल देखाए । उनले भने नागरिकता वक्किलसँग प्रमाणित गराएर ल्याउनु भने । सरकारि वक्किलले हुदैन र निजि वक्किलसँग प्रमाणित गरायर ल्याउनु भने म गाउँमा हुर्केको मान्छे कहाँ वक्किल चिन्थे र त्यो दिन बजारमा सोध्दै साझसम्म बल्ल एउटा वक्किलले नागरिकता प्रमाणित गर्नुभयो र प्रमाणित गरेको चार्ज लिनुभयो । म त्यो दिन त्यहि बसे र भोलि पल्ट १० बजे जिप्रकामा गइयो र सबै देखाए । उँहाले फेरि प्रहरि रिपोट आउछ एक महिना पछि आउनु भन्नू भयो म घर फर्के र कमलबजारवाला साथिले एक महिना भित्र प्रमाण पाईसकेको थियो । मैले यति कुर्नु पर्ने पहुँचवालाले र पावर वालाले यस्तै यस्तै गर्दा रहेछन भनेर थुप्रै सवालहरुले घोच्न थाले ।

एक महिनापछि फेरि जिप्रका गए र प्रहरी रिपोर्ट पनि आईसकेको थियो । मलाई केही समय पर्खनु भन्नेु भयो म प्रतिक्षालयमा प्रतिक्षा गरिरहेको थिएँ । घडीमा २ बजि सकेको थियो मगलसैनबाट बिनायक आउने गाडि छुटिसकेको थियो । मैले सरलाई सोध्दा आज हुदैन भोलि आउनु भन्नुभयो अरु काम धेरै छ आज भन्नुभयो । म त्यो दिन त्यहि बसे र भोलि बिहान १० बजे जिप्रका मा गए र मलाई ५ नम्बर बाट २ नम्बर कोठा जान भनियो । २ न कोठा सहायक प्रमुख जिल्ला अधिकारिको रहेछ । मैले पनि फ्याट्ट सोधिहाले सर मेरो क्लब दर्ताको फाईल ? उहाले पनि भोलि आउन भन्नु भयो । मलाई हतार छ काम गरिदिनुपरो भनेर सप्रजिअ लाई आग्रह गरे तर उहाँले फेरि पनि हुन्न भन्नुभो अनि म प्रतिक्षालयमा बसिरहेको थिए ।

एक जना बाबू छोरि नागरिकता बनाउन भनेर आएका रहेछन । नागरिकता बनाउनेको लाईन थियो । उनले प्रतिक्षालयमा बसेर एउटा मान्छेलाई फोन गरे र भने म जिप्रका छु छोरिको नागरिकता बनाउनुपर्ने छ केही छिटो गर्ने सकिन्छ कि भनेर प्रश्न मात्र के गरेका थिए । तुरुन्तै एउटा कर्मचारी आएर उनलाई भित्र कोठामा लगेर गयो । म प्रतीक्षालयमा बसिरहेको थिएँ । एक घन्टा नपुग्दै उनिहरु नागरिकता बनाएर प्रतिक्षालयमा आय अरु बाहिर लाईन बसिरहेका थिए । उनी घर फर्के म पनि त्यो दिन त्यहि बसे र अर्को दिन १० बजे जिप्रकामा गए र सोधे केही समय बस्नु भन्नुभयो र बल्ल तल्ल ५ बजे विधानमा सहि छाप र दर्ता प्रमाण पत्र दिनुभयो । गाडी छुटिसकेको थियो । फेरि त्यहि बस्नुपर्न भयो खर्च पनि कम थियो र म बिहानै गाडि चडेर घर फर्के । मैले खर्चको हिसाब गर्दा धेरै भईसकेको रहेछ ।

हाम्रो लागि धेरै थियो त्यो पैसा कठैबरा दर्ता गरेर पनि बजेट कस्ले पो दिने हो उहीँ पावर र पहुँच वालाले पाउने त होलान ? म निरन्तर लागिरहनेछु एक दिन अवश्य सफल भईन्छ । मसँगै गएको साथि ले १ महिना भित्र दर्ता पाउर्नु पर्ने नागरिकता बनाउँन लाईनमा नबसि ३० मिनेटमा नै नागरिकता प्राप्त हुने ।

मेरो ४ महिना लाग्ने कठै बरा पावर र पहुँच वालाको मुलुक यहि रहेछ । गरिब जनताले कहिले पालो आउँछ स्थानीय ,प्रदेश ,र संङघिय ३ वटै सरकारका सेवा सुबिधा पावर पहुँच वालाले पाउँछन् । हामी जस्ता गरिब जनताले कहिले पनि पाउँदैनन् । यस बिरुद्धमा युवाबर्ग एक जुट हुन जरुर छ । जय युवा जय देश ।

पञ्चदेवल बिनायक नगरपालिक ७ अछाम