बुवाको छोरी

बुवा हजुरको छोरीले पीडा लुकाएर
सहजै हाँस्न जानिकि छे ।
मुटु दुख्दा अईया नभनि
बाँच्न जानेकी छे ।
दुनियाँ स्वार्थि छ बुवा तर हजुरको
छोरीले निस्वार्थ बाँच्न जानिकि छे ।
दुस्ख दिन्छ्न सबैले बुवा यहाँ तर
पीडा लुकाएर छोरी हाँस्न जानीकि छे ।
धेरै भोक,प्यास छ यहाँ खानलाई केही छैन।
आँसुले प्रत्येक छाक टार्न छोरीले जानेकि छे।
आफ्नो भारी उठाउन नसक्दानि अरुको भार
सहजै उठाउने कोसिस, छोरीले गरेकि छे।
चर्को घाममा अरुलाई छाँयादिन जानेकि छे ।
मनमा पीडा लुकाएर बाँच्न जानेकि छे।
बुवा,हजुरको छोरीले पिडा लुकाएर
सहजै हाँस्न जानेकी छे ।

बझाङ चैनपुर, हाल काठमाडौ ।