बालुवाटारमा नेकपा सचिवालय बैठक शुरु

काठमाडौं , सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा बैठक शुरु भएको हो ।बहुमत सचिवालय सदस्यहरुको निरन्तरको दबाबपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज बैठक बोलाएका हुन् ।

बैठकमा सरकारका कामकारबाही, मन्त्रिमण्डल पुर्नगठन, राजदूतको नियुक्तिको सिफारिस, पार्टीको विवाद समाधान र स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयन लगायतका विषयमा छलफल हुने बताइएको छ ।नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय सदस्यहरुले केन्द्रीय कमिटी बैठक अगावै स्थायी कमिटीको बैठक बोलाउन माग गर्ने बताए ।

सचिवालयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव विष्णु पौडेल, रामबहादुर थापा बादल, ईश्वर पोखरेल र प्रवक्ता नारायणकाजी श्रेष्ठ रहेका छन् ।