रारा एडभेन्चरले ल्यायो रारा घुम्ने आकर्षक प्याकेज

सुर्खेत, रारा एडभेन्चर प्रालीले रारा घुम्नकोलागि आकर्षक प्याकेज ल्याएको छ । पछिल्लो पर्यटनको गन्तब्य राराको लागि एडभेन्चरले आकर्षक प्याकेज ल्याएको हो ।

कोरोना भाइरसका कारण अस्तब्यस्त भएको पर्यटन क्षेत्रलाई नियाल्दै रारा एडभेन्चरले पछिल्लो चरणमा सस्तो छ आकर्षक प्याकेज ल्याएको रारा एडभेन्चरका संचालक देबिकृष्णा रोकायाले जानकारी दिए । रोकायाका अनुसार रारा घुम्नका लागि अब सहज र सुलभ ढंगले रारा घुम्न सकिने छ ।

राराको लागि काठमाडौँबाट हवाईमार्ग हुदै जाने पर्यटकहरलाई २ रात ३ दिनको प्याकेजको २४४९९ र स्थलमार्ग हुदै जानेहरुका लागि २०४९९ ७ दिनको प्याकेज रहेको बताइएको छ ।

साथै हवाई मार्ग हुदै जानेहरुका लागि नेपालगन्जबाट १७४९९ र सुर्खेतबाट १६४९९ को प्याकेज रहेको बताइएको छ । त्यस्तै नेपालगन्जबाट स्थलमार्ग हुदै जानेहरुका लागि १४४९९ र सुर्खेतबाट १३४९९ को प्याकेज रहेको जनाइएको छ ।

त्यस्तै प्याकेजमा हवाई टिकट, खाना, बस्न र स्थानीय लोकल रुड गाइडको ब्यवस्था गरिएको संचालक रोकायाले बताए ।