बर्दियामा राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाको माग गर्दै प्रदर्शन (तस्बिर सहित)
प्रकासित मिति : २०७७ कार्तिक २६, बुधबार १८:५२
प्रकासित समय : १८:५२
बर्दिया,बर्दियामा राजावादीले विशाल मोटरसाइकल र्यालीसहित प्रदर्शन गरेका छ्न ।
देश र श्रीपेच वचाउने उदेश्यका साथ राजसंस्थासहित हिन्दु राष्ट्र पुनस्थापनाका लागि देशव्यापी अभियान थालेको वीर गोर्खाली स्वतन्त्र राष्ट्रवादी अभियानको आयोजनामा बुधबार बर्दियाको बाँसगढीमा राजावादीले विशाल प्रदर्शन गरेका हुन ।
बर्दियामा शक्ति प्रदर्शनका हिसाबले राष्ट्रिय झण्डासहित राजा आउ देश बचाउ, गणतन्त्र धोका हो भन्दै राजाको जयजयकारमा नाराबाजि गरेका थिए । करिब पाँचसय बढी मोटरसाइकल सहितको र्यालीले बासगढी, मैनापोखर, गुलरिया पुलहुँदै पुनः बासगढीसम्म गणतन्त्र बाईबाई भन्दै राजतन्त्रको समर्थन र पुनर्स्थापनाका लागि नाराबाजी गरेको थियो ।

