लमही भालुवाङ सडक खण्ड स्थानीयद्वारा अबरूद्ध

भालुवाङ, देउखुरीको लमही -भालुवाङ सडक खण्डको मौरीघाटमा स्थानीयद्वारा सडक अबरूद्ध भएको छ । गएराती मौरीघाटमा मोटरसाइकल र ट्रक एक आपसमा ठोकिदा तीन जना युवाहरूको घटनास्थलमै मृत्यु भएको थियो ।घटनास्थलमा पल्टिरहेको ट्रक प्रहरीले जबरजस्त उठाउन खोजेपछि पिडितहरूले नाराबाजी गर्दै सडकमा ढुंगा राखेर सडक अबरूद्ध गरेका हुन् । प्रहरीले पिडितहरूको सहमित बिना गएराती शब उठाएको भन्दै पिडितहरूले बिहान करिब १० बजेदेखि सडक अबरूद्ध गरेका छन् ।पिडितलाई क्षतिपुर्ति दिलाउन आवश्यक कतैबाट पहल हुन सकेको छैन । घटनास्थलमा स्थानीय वडाध्यक्ष बाहेक गाउँपालिका अध्यक्षको समेत उपस्थिती रहेको छैन । बाटो खुलाउने र पिडितलाई न्याय दिलाउने बिषयमा ठोस पहल नहुँदा बाटो बन्द भएको दुई घण्टा बित्न लाग्दा समेत अहिले सम्म सडक सुचारू हुन सकेको छैन ।ट्रक समिती र ट्रकका मालिक सम्पर्कमा नआउँदा अहिले सम्म पिडित पक्ष संग अहिले सम्म छलफल हुन सकेको छैन ।यता दुर्घटना पछि गएराती नै ट्रकका चालक फरार भएका थिए । आज बिहानै मात्र ट्रक चालक कपिलबस्तुको गोरूसिङ्गेबाट प्रकाउ परेपछि ट्रक चालकलाई ईलाका प्रहरी कार्यालय भालुवाङ ल्याउने तयारी भएको ईप्रका भालुवाङका प्रहरी निरीक्षक भुवन भट्टले जानकारी दिएका छन् ।ट्रक चालक भालुवाङ प्रहरीको सम्पर्कमा आएपछि चालकको प्रारम्भिक बयानबाट मात्र घटना कसरी भएको भन्ने बिषयमा बिस्तृत जानकारी प्राप्त हुने प्रहरी प्रमुख भट्टले देउखुरी टुडेलाई भने ।पूर्व -पश्चिम सडक अबरूद्ध हुँदा सयौ गाडीहरू र यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन् ।