राजस्थानमा निर्माणाधिन भवन भत्किदा ८ मजदुरको मृत्यु
प्रकासित मिति : २०७७ कार्तिक २६, बुधबार ०७:५२
प्रकासित समय : ०७:५२
काठमाडौँ, भारतको राजस्थानस्थित जोधपुर जिल्लाको बासनी क्षेत्रमा मंगलबार निर्माणाधीन भवन भत्किँदा ८ मजदुरको मृत्यु भएको छ।।मृतकको संख्या बढ्न सक्ने त्यहाँका अधिकारीले जनाएका छन् । भत्किएको भवनभित्र झन्डै २० जना पुरिएको आशंका गरिएको छ। कयौँ घाइते भएका छन् ।
घटनास्थलमा बुधबार बिहानसम्म नै उद्धार जारी रहेको बीबीसी हिन्दीले जनाएको छ।मृतकका परिवारलाई सहायता कोषबाट जनही २ लाख र घाइतेलाई ४०/४० हजार रुपैयाँ सहयोग गर्ने राज्य सरकारले घोषणा गरेका छन्।मुख्यमन्त्री अशोक गहलोतले मृतकका परिवारलाई राहतस्वरूप उक्त रकम दिइने घोषणा गरेका हुन् ।

