कोरोनाबाट २२ को मृत्यु, नेपालमा मृतक संख्या १,१४८ पुग्यो

काठमाडौं,  नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप २२ जनाका ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १,१४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २७ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ९९ हजार ७६० पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोनामुक्त भएर ८५३ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ६० हजार ५७७ जना पुगेको छ ।
यसैगरी नेपालमा आइसोलेसनमा रहने कोरोना संक्रमित ३८ हजार ३५ जना छन् भने १ हजार ५८ जना क्वारेन्टाइनमा रहेको प्रवक्ता गौतमले बताए ।