उपत्यकामा थपिए १४ सय २० कोरोना संक्रमित

काठमाडौं, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १४ सय २० कोरोना संक्रमित थपिएका छन् ।

मंगलबार संक्रमित पुष्टि हुनेमा ६०३ महिला र ८१७ पुरुष रहेका छन् । काठमाडौंमा एक हजार १४१, भक्तपुरमा ८६ र ललितपुरमा १९३ जना नयाँ संक्रमित थपिएका हुन् । नेपालमा पछिल्लो २४ घण्टामा थपिएका २७ सय ३६ संक्रमितमध्ये काठमाडैं उपत्यकाका १४ सय २० जना भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ९९ हजार ७६० पुगेको छ ।यसैगरी पछिल्लो २४ घण्टामा कोरोनामुक्त भएर ८५३ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ६० हजार ५७७ जना पुगेको छ ।
यसैगरी नेपालमा आइसोलेसनमा रहने कोरोना संक्रमित ३८ हजार ३५ जना छन् भने १ हजार ५८ जना क्वारेन्टाइनमा रहेको प्रवक्ता गौतमले बताए ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप २२ जनाका ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १,१४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।