अर्जुन रामपालको घरमा लागुऔषध ब्युरोको छापा

मुम्बई,  बलिउड ड्रग कनेक्सन केशमा अभिनेता अर्जुन रामपालको घरमा भारतको लागुऔषध ब्युरोले छापा मारेको छ । रामपालको मुम्बईस्थित घरमा एनसीबीका अफिसरहरु छापा मार्न गएका हुन् ।

आजै बिहान अर्जुन रामपाल एनसीबीको कार्यालयमा पुगेका थिए । उनको घरमा पनि अधिकारीहरुले छापा मारेका हुन् । सुशान्त सिंह राजपूतको आत्महत्यापछि बलिउडमा ड्रग्स कनेक्सनमाथि अनुसन्धान जारी छ । एनसीबीले फिल्म उद्योगमा जोडिएका धेरै सेलिब्रेटीको घरमा छापा मारिसकेको छ ।

पछिल्लो महिना अर्जुन रामपालकी गर्लफ्रेन्डलाई ड्रग्सको केशमा पक्राउ गरिएको थियो ।यो केशमा एनसीबीले सुशान्त सिंह राजपूतकी प्रेमिका रिया चक्रवर्ती सहित २३ जनालाई पक्राउ गरिसकेको छ ।