‘राजा देश बचाउ’ भन्दै कोहलपुरमा नारावाजी

बाँकेको, कोहलपुरमा शनिबार राजा समर्थक युवाहरुले मोटरसाईकल  सहित प्रदर्शन गरी संघीयता खारेजीको माग गरेका हुन ।स्वतन्त्र राष्ट्रवादी अभिायनको आयोजनामा कोहलपुरमा मोटरसाईल र्यालि प्रदर्शन गरिएको हो ।

 गणतन्त्र धोका हो भन्दै सडकमा उत्रिएको समुहले संघियता धर्म निरेपक्षता बिरुद्ध समेत नारावाजी गरेको थियो ।२०४७ को संविधान पुर्नवहाली र राजासहितको हिन्दु राज्यको माग सहित आफुहरु सडकमा आएको र्यालीमा सहभागीले बताएका छन । राष्ट्रवादी अभियानले राजा सहितको हिन्दु राज्यका लागी देश व्यापी प्रर्दशन गरिरहेकाले कोहलपुर समेत र्याली गरीएको बताईएको छ ।

राजासहितको हिन्दु राज्यको माग सहित विभिन्न नारा लगाईएको र्याली कोहलपुर नगरको परिक्रमा पछि कोहपुर चौराहमा पुगेर कोण सभामा परिणत भएको थियो ।