काठमाडौँमा थपिए १५१२ कोरोना संक्रमित

काठमाडौ,  पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ५१२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार २ सय ९४, भक्तपुरमा ७७ र ललितपुरमा १ सय ४१ जनामा कोरोना पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा देशभर २ हजार ७ सय ५३ जना संक्रमित थपिएका छन्।पछिल्लो २४ घण्टामा थप २२०६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ५५ हजार ११४ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १०८७ पुगेको छ ।