संक्रमित मनोज गजुरेलको अवस्था गम्भीर

काठमाडौं, कोरोना भाइरसबाट संक्रमित भएका चर्चित हास्य कलाकार मनोज गजुरेलको अवस्था गम्भीर बनेको छ। कात्तिक १० गते संक्रमण पुष्टि भएपछि होम आइसोलेशनमा बसेका गजुरेलको अवस्था जटिल बनेपछि बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल भर्ना गरिएको छ

कात्तिक १९ गते बुधबार अस्पताल भर्ना भएका गजुरेलको हाल आईसियूमा उपचार भइरहेको अस्पतालले जनाएको छ। उनलाई निमोनिया भएको आशंका गरिएको छ। आफूलाई कोरोना संक्रमण भएको उनले फेसबुकमार्फत सार्वजनिक गरेका थिए। आफ्ना दाजुलाई अस्पताल ल्याउने-लैजाने क्रममा आफू संक्रमित भएको शंका व्यक्त गरेका थिए।

कात्तिक १८ गते मंगलबार उनले फेसबुकमा आफ्नो स्वास्थ्य अवस्था अझै पुर्ण सुधार भैनसकेको लेखेका थिए। शरीरले फरक फरक कृया–प्रतिकृया देखाई रहेको पनि उल्लेख गरेका थिए ।