गौरीघाटबाट २ किलो चरेशसहित ४ पक्राउ

काठमाडौं, काठमाडौँ महानगरपालिका–७ गौरीघाटबाट झण्डै दुई किलो चरेशसहित चार जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ओखलढुङ्गा पात्ले गाउँपालिका–९ घर भई काठमाडौँको तीनचुली बस्ने ३२ वर्षीय नरेन लामा, धादिङ गजुरी गाउँपालिका–८ घर भई काठमाडौँ गुर्जुधारा बस्ने १७ वर्षीय किशोर लामा, सोही ठाउँ बस्ने २८ वर्षीय सोनाम भन्ने सुमन तामाङ र पर्साको ठोरी गाउँपालिका–५ घर भई काठमाडौँ तीनचुली बस्ने ३५ वर्षीय दिपक तामाङ रहेका छन् ।

विशेष सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उक्त परिमाणको चरेशसहित उनीलाई पक्राउ हो । अभियुक्तलाई थप अनुसन्धान तथा कारवाहीका लागि आजै महानगरीय प्रहरी वृत्त गौशाला पठाइएको महाशाखाले जनाएको छ ।