जनमुक्ति सेनाको योगदान र प्रचण्डको धोकापन

विश्व कम्युनिस्ट आन्दोलनमा लालसेनाको योगदानलाई जसरी उच्च महत्वका साथ ग्रहण गरिन्छ, त्यो भन्दा कम महत्वको थिएन नेपाली जनमुक्ति सेनाको त्याग र बलिदान । भलै लालगद्दार पुष्पकमलको धोकाधडीले जनमुक्ति सेनाको विघटन भयो । यद्यपि जनमुक्ति सेना न कहिल्यै विघटन हुन्छ, न त यसको अस्तित्व नै नामेट हुन्छ । जबसम्म दुनियाँमा शोषण र उत्पीडन कायम रहन्छ, तबसम्म यसको सार्थकताको अन्त्य हुँदैन ।

अचेल नेपाली राजनीतिक चिया गफमा केपि ( प्रचण्ड लुटेरा समुहको फुटको चर्चा चलिरहेको छ । अब फुट मात्रै होइन प्रचण्ड ज्यु तपाइको अब नराम्ररी दशा लाग्ने छ । १९ दिने जनआन्दोलन र १० वर्षे जनयुद्धको उपलब्धिको रक्षासम्म गर्न सक्नु भएन । आम नेताकार्यकर्ताको सपनाहरूलाई कुठाराघात गर्दै खसिको टाउको राखेर कुकुरको मासु बेच्ने संसदिय राजनीतिको सिकार बन्न तयार हुनु भयो ।

हो जो हजारौं नेपाली जनसमुदायका निर्दोष दाजुभाईलाई एक आपसमा लडाउँदै आफू सत्तामा जाने एउटा भर्याङ बनाउने काम तपाइँबाट भयो । कुनै बेला प्रचण्ड व्यक्तित्व होइन, उसको पथलाई लाखौं जनसमुदायले मान्न तयारी थिए । तर विडम्बना उसको एउटा मात्र उद्देश्य भनेको आफू देशको प्रमुख सत्ताको नाइके हुने मात्रै रहेछ भन्ने कुरामा हामीमा कुनै दुई मत छैन । आज आएर कति चाँडै तपाइँले ती भेरीकर्णालीका बस्तिहरूमा दिएको झुठो आश्वासनले कलिला मुनाहरूले हजारौंको संख्यामा बलिदान दिए र हजारौं दिदीबहिनीको सिन्दुर पुछिएको छ, भने बुढी आमा बेपत्ता भएकी छोरी र छोराको बाटो हेर्दै छिन् । कोहि नयाँ मान्छे टाढाबाट आएको देख्न बित्तिकै छोरा आयो की भन्दै झस्किन्छिन् ।

खोइ उनीहरूको सपनालाई त केबल आफुने सत्तामा जाने सपना पो बनाउनु भएछ १ त्यो छट्पटाई रहेको आत्माले तपाईं दुनियाँको कुनै ठाँउमा गएनी तपाइँलाई पोल्ने छ । आखिर किन र केका लागि थियोे ? यहि दिन देख्न मात्रै पनि होइन होला ! सर्वहारा श्रमजीवी वर्गको मुक्तिको लागि भनेर प्रचण्डलाई देशको राजनीतिको मुख्य ठाँउसम्म नेपाली जनताले एकपटक साथ दिएकै हुन् गर्न नसक्नु तपाइँको विवेकको कुरा हो ।

कामरेड जित, बहुबिर, योद्धा, सुनिल, कोपिला, झरना लगायतका झण्डै ८ हजार विद्रोहि पक्ष र राज्यपक्षबाट गरेर झन्डै १७ हजार को परिवारको अवस्था के छ तपाइँलाई थाहा छ रु अहिले बिहान(बेलुकी छाक टार्नसम्म सकिरहेका छैनन् । समाजमा हेर्ने दृष्टिकोण नै फरक छ, सहिद परिवारहरूलाई । यस्को प्रमुख कारक तत्व तपाइँ हो कामरेड प्रचण्ड ज्यु । र हजारौं घाइते साथीहरू अहिले एउटा सिटामोल र एन्टिबायोटिकसम्म किनेर खाने अबस्था त धेरै टाढाको कुरा भयो एक छाक राम्रोसँग खान पाउनु भएको छैन ।

यहि होत दश वर्षे जनयुद्धको उपलब्धि ?  तपाइँ लगायत केहि जुत्ताको तलुवा चाट्नेहरूलाई त ठुलो भयो होला उपलब्धि तर जनयुद्धको वेला सपना देख्ने आदरणीय जनसमुदाय र नेताकार्यकर्ताको लागि एकादेशको कहानी नै बनाई दिनु भयो कामरेड प्रचण्ड ज्युले ।

जनयुद्धको वेला गोलिले नमर्ने वीर योद्धाहरू अहिले दिनहुुँ जसो छिमेकी मुलुक भारत लगायत खाडी मुलुकमा ६०.६५ डिग्री सेल्सियसको त्यो घाममा आफ्नो श्रम बेच्दाबेच्दै ज्यान कति वेला के हुन्छ थाहा नै हुँदैन । अनि रातो बाकसमा आउन बाध्य छन् । यो कुनै रहर थिएन बाध्यता हो । यद्यपि जनमुक्ति सेना र नेताकार्यकर्ताको उचित व्यवस्थापन भएको भए, सुखदुःख आफ्नै देशमा गर्ने वातावरण मिलाई दिएको भए किन आज यस्तो अवस्था हुन्थ्यो ।

हिजो प्रचण्ड, बाबुराम, बादल लगायतका नेताहरूको टाउकोको मुल्य तोक्नेहरूसँगको घरज्वाईं भनौँ या पार्टी एकता गरेर दलालहरूसँग मिलेर जनयुद्धका कुसल कमान्डर आफ्नै सहयोद्दा नेत्रबिक्रम चन्द विप्लवुलाई प्रतिबन्ध गर्नु कति जायज थियो ? यो हामी अहिले चर्चा परिचर्चा नगरौं होला समयले आफै यसको फैसला गर्ने छ । जनयुद्धको अधुरो सपना पुरा गर्न अहिले पनि उहाँ जनताकै घर आँगनमा हुनुहुन्छ ।

लोकतान्त्रिक गणतन्त्र बाहली भएको देशमा स्वतन्त्र राजनीति गर्ने अधिकार जो कोहिलाई हुन्छ । त्यसैले २०७१ पुस २३_२६ गतेसम्म दाङको तुल्सिपुरमा ऎतिहासिक प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न गरेर एकीकृत जनक्रान्तीूको कार्यदिशा सर्वसम्मत रूपमा पारित गरिएको थियो । हाम्रो पार्टीले एकीकृत जनक्रान्तीूको कार्यदिशाका आधारमा नेपालमा समाजवादी क्रान्ति सप्पन्न गर्ने महान र गौरवशाली योजना बनाएको थियो ।

लगत्तै आम नेताकार्यकर्ता जनताको बीच आफ्नो प्रष्ट विचार र कार्यदिशालाई लिएर देशका विभिन्न ठाँउमा पार्टीको निर्देशनमा संगठन निर्माणका काम कार्बाही अगाडि बढायो ।

संसदवाद, आत्मसमर्पणवाद र बिसर्जनवादका विरुद्ध संघर्ष गरौं !
माक्र्सवाद, लेनिनवाद, माओवादको विकास गरौं !!

भन्ने मुल नारा सहित २ वर्ष पछि पार्टीको ८ औं महाधिवेशन २०७३ फागुन १मा काठमाडौंमा उद्घाटन र ५-१० सम्म रोल्पाको थवाङमा बन्दसत्र सहित एकीकृत जनक्रान्ती हुँदै वैज्ञानिक समाजवाद सम्मको हाम्रो निरन्तर कार्यदिशा एक मतले हलबाट गडगडाहट तालिका साथ पारित भयो ।

यही कार्यदिशाको आडमा कामरेड विप्लवप्रति आदरणीय जनसमुदायको उल्लेखनीय साथ देखेर अब सकिदैन भन्ने आँकलन गरि विद्रोही नेकपा पार्टीलाई केपि ओलि(प्रचण्डको कथित कम्युनिस्ट सरकारका गृहमन्त्री रामेले प्रतिबन्ध गर्नु निकम्मा सरकार आफै असफल हुनु हो ।

  • लेखक पुर्व जनमुक्ति सेना प्रतिबन्धित नेकपा युवा नेता तुफान सिंह कालिकोटे हुन् ।