यसकारण गेललाई आईपीएलले तिरायो जरिवाना

एजेन्सी, इन्डियन प्रिमियर लिग (आईपीएल)ले किङ्स इलाभेन पन्जाबका ब्याट्सम्यान क्रिस गेललाई जरिवाना तिराएको छ ।युएईमा जारी १३औं संस्करणको आईपीएल अन्तर्गत राजस्थान रोयल्ससँग शुक्रबार रातिको खेलमा सतक बनाउन एक रनले चुकेपछि रिसाएर ब्याटलाई भुईमा फ्यालेका गेललाई जरिवाना गरिएको हो ।

आईपीएलले शनिबार आईपीएलको नियम उलंघन गरेको भन्दै गेललाई म्याच फिको १० प्रतिशत जरिवाना गरिएको जनाएको छ ।

राजस्थानविरुद्धको खेलमा ९९ रनमा आउट भएपछि गेलले ब्याट भुईमा फालेका थिए । उनलाई जोफ्रा आर्चरले आउट गरेका थिए ।