बाढी पहिरो पिडितलाई २१ लाख सहयोग

काठमाडौं, गत साउन ७ र ८ गते जमजुङको मस्र्याङ्दी गाउँपालिका –३ तरापु पल्लोटारीमा आएको अविरल वर्षासँगैको बाढीपहिराले पीडितलाई रु २१ लाख एक हजार १७६ रुपैयाँ आर्थिक सहयोग गरिएको छ ।

सोही गाउँपालिका ९ स्थित दिव्यज्योति युवा क्लब पामचोकले विभिन्न देशलगायतबाट संकलन गरेको २२ लाख ६० हजार १७६ मध्ये उक्त रकम आज सहयोग गरिएको हो ।

क्लबले गत साउन ८ गतेदेखि शुरु गरी तीन महिनासम्म पल्लोटारीलगायतका बाढीपहिरा पीडितलाई आर्थिक सहयोग अभियान सञ्चालन गरेको थियो ।

संविधानसभाका तत्कालीन सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश कमिटीका सदस्य जमीन्द्रमान घले, क्लबका अध्यक्ष कुमार भण्डारी लगायतले वडाध्यक्ष तथा पल्लोटारी विपद् व्यवस्थापन समितिका संयोजक प्रेमबहादुर बस्नेतलाई उक्त रकम हस्तान्तरण गरेका थिए । रकम हस्तान्तरण गर्दै नेता घलेले यहाँका बाढीपहिरा पीडितका लागि तीन वटै प्रदेश सरकार लागिपरिरहेका बेला नागरिकस्तरबाट समेत यसरी सहयोग आउँदा राज्यलाई थप सहज हुने बताए ।