२४ घण्टामा २५०८ कोरोना संक्रमित थपिए

काठमाडौं , देशभर नोभेल कोरोना भाइरसका थप दुई हजार ५०८ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार ५०८ संक्रमित थपिएका हुन् ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ५८४ रहेको छ ।पछिल्लो २४ घण्टामा दुई हजार २६४ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म एक लाख ३१ हजार २२२ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७६ दशमलव ९ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ९ हजार २७९ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १४ लाख ४३ हजार ३४३ जनाको पीसीआर परीक्षण गरिएको छ ।