कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु
प्रकासित मिति : २०७७ कार्तिक १५, शनिबार १७:१७
प्रकासित समय : १७:१७
काठमाडौं ,नोभेल कोरोना भाइरसको संक्रमणबाट देशभर थप १७ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप १७ जनाको मृत्यु भएको हो ।
गत साता देशभर संक्रमणबाट ११५ जनाको मृत्यु भएको थियो । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९३७ पुगेको छ ।