काठमाडौंमा थपिए १३५७ कोरोना संक्रमित

काठमाडौं , पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ३५७ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये ५६९ महिला र ७८८ पुरुष रहेका छन् ।

काठमाडौंमा मात्र हालसम्म १६ हजार ८९० सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् भने २१९ जनाको मृत्यु भएको छ ।त्यसैगरी भक्तपुरमा हालसम्म एक हजार १५१ जना सक्रिय संक्रमित रहेका छन् भने ६६ जनाको मृत्यु भएको छ । ललितपुरमा दुई हजार ३०३ सक्रिय संक्रमित रहेका छन् भने हालसम्म ६० जनाको संक्रमणबाट मृत्यु भएको छ ।

काठमाडौंमा १० हजार ५०१ होम आइसोलेसनमा छन् भने भक्तपुरमा एक हजार ७१९ र ललितपुरमा दुई हजार २५७ जना होम आइसोलेसनमा रहेका छन् ।